काभ्रेमा पछिल्लो २४ घण्टामा २६ जना संक्रमित



 काभ्रेपलाञ्चोक /

काभ्रेमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यलयका अनुसार जिल्लामा अहिले ३८ जना महिला र ४८ जना पुरुष गरी ८६ जना सक्रिय संक्रमितको संख्या रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १ सय ४९ वटा पिसिआर र १९ वटा एन्टिजेन गरी कुल १ सय ६८ वटा परीक्षणमा २४ वटा पिसिआर र २ वटा एन्टिजेन गरी २६ वटा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ९ सय ३४ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ५५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणका कारण १ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा आज २ सय ९५ जना महिला र २ सय ९३ जना पुरुष गरी ५ सय ८८ जनाले धुलिखेल अस्पतालमा र ८ सय ५० जना महिला र ८ सय ५३ जना पुरुष गरी १७ सय ३ जनाले बनेपा नगरपालिकामा पहिलो मात्राको मोडर्ना खोप लगाएको कार्यालयको जानकारी छ ।

प्रतिक्रिया दिनुहोस