सोमबार, ०१ कार्तिक २०७८

नेपालको लगातार दोस्रो जित



नेपाल ले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंका लाई ‌३-२ गोल अन्तरले पराजीत गरेको हो नेपालका लागि ३१ औं मिनेटमा सुमन लामाले पहिलो  गोल गर्दै गोलको खाता खोलेका थिए  भने दोस्रो गोल अन्जन बिष्ट ले ५१औं मिनेटमा ८६ औं मिनेटमा आयुस घलान तेस्रो गोल गरेका थिए । श्रीलंका का लागि खेलको ५७औं मिनेटमा मार्भिन हेल्भिटन ले गरेका थिए भने दोस्रो गोल इन्जुरी समयको दोस्रो मिनेटमा डि सिल्भा ले पेनेल्टि मार्फत गरेका थिए। यो जित संगै नेपाल ६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल ले आफ्नो तेस्रो खेल भारत संग आगामी आइतबार राति ९:४५ मा खेल्नेछ

प्रतिक्रिया दिनुहोस