सोमबार, ११ श्रावन २०७८

एक,दुई , तीन संसद् पुनः स्थापना हुँदैन, सूर्य चिन्ह पनि ओलीकै हुन्छ : पूर्वमन्त्री बाँस्कोटा 



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कुनैपनि हालतमा संसद् पुर्नस्थापना नहुने र सूर्य चिन्ह पनि ओली पक्ष नेकपाकै हुने बताउनुभएको छ । सोमवार राती ट्विट गर्दै बाँसकोटाले वस्तुगत सत्यबाहेक बाँकी सबै भ्रम भएको बताउँदै संसद् विघटन भइसकेकाले नयाँ निर्वाचनले नयाँ संसद् बनाउने उल्लेख गगर्नुभएको हो  ।

संसद् पुनः स्थापना सम्बन्धी अदालतमा बहस भईरहेको अवस्थामा बाँस्कोटाले अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित गर्न खोजिएको भन्दै रोष प्रकट गर्नुभएको हो ।

हेनुहोस् बाँस्कोटाको ट्विट :
अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल ! एक ,दुई ,तीन संसद् पुनः स्थापना हुँदैन, चुनावपछि नयाँ संसद् बन्छ। साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ।किनभने वस्तुगत सत्यबाहेक बाँकी सबै भ्रम हुन। प्रतिक्रिया त जे लाग्छ सो देऊ न।
प्रतिक्रिया दिनुहोस