शनिबार, २९ जेठ २०७८

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने यी १७ सांसदलाई बर्खास्त गर्ने एमालेको तयारी



कैलाली। नेकपा (एमालें)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं माओवादी नेता त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदलाई कारबाही गरिने बताउनुभयो । उहाँले ती सांसदहरुसँग पहिले समेत स्पष्टीकरण सोधेकाले अब बर्खास्त गर्ने तयारी भएको जानकारी दिन्भयो । उहाँले पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने जानकारी प्रदेश सभालाई गराउने बताउनुभयो।

एमालेको प्रदेश कमिटीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान नगर्न निर्देन दिए पनि नेपाल समूहका १७ जना सांसदले भने मत दिएका थिए ।

यी हुन् पार्टी निर्णय नमान्ने सुदुरपश्चिमका १७ सांसदहरू :

१) अमरबहादुर साउद
२) अर्चना गहतराज
३) कुलवीर चौधरी
४) कृष्णराज सुवेदी
५) चुनकुमारी चौधरी
६) तारा लामा तामाङ
७) दीर्घ सोडारी
८) दुर्गाकुमारी कामी
९) पूर्णा जोशी
१०) प्रकाशबहादुर शाह
११) प्रकाश रावल
१२) बलबहादुर सोडारी
१३) मनाकुमारी साउद
१४) माया भट्ट
१५) लालबहादुर खड्का
१६) सुशीला बुढाथोकी
१७) हर्कबहादुर कुँवर

प्रतिक्रिया दिनुहोस