बिहिबार, १४ श्रावन २०७८

एमालेका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने



काठमाडौँ । नेकपा एमाले पार्टी विरोधी गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधका २२ सांसदले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । सोहीअनुसार मत दिएका सांसदहरुलाई बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो ।

स्पष्टीकरण मागिएका सांसदमा नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार ९किसान० श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् ।
स्पष्टीकरण मागिएका सांसद विरोध खतिवडाले बिहीबार संसदीय दलको कार्यालयमा पुगेर स्पष्टीकरणको जवाफ दिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस