बिहिबार, १४ श्रावन २०७८

मुलधारमा फर्कदै विप्लप : नख्खु जेलभित्रै भयो मन्त्री र विप्लब समूहका नेताबीच वार्ता



काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेको छ ।
यसैबीच नेपाल सरकारका खानेपानीमन्त्री मणी थापाले नख्खु जेलपुगेर विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटगर्नुभएको छ ।

आज विहान (मंगलबार) नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गर्नुभएको हो ।

तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणी थापा र हेमन्तप्रकाश ओलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्णरूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको बताइएको छ ।

प्रधानमन्त्रीले केही दिनअघि असन्तुष्ट समूहहरुलाई वार्तामार्फत मूलधारमा ल्याउने बताए लगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लब समूहसँग सम्पर्कमा जुट्नुभएको थियो ।
यसबीचमै विप्लव समूहका अर्का नेता धमेन्द्र वास्तोला पक्राउ पनुृभएको छ । । उहाँसग पनि सरकारको तर्फबाट संवाद चलिरहेको स्रोतले जनाएको छ । विप्लव पनि आफूमाथिको प्रतिबन्ध हटोस् भनेर वार्तामा लचक बनेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस