बिहिबार, १४ श्रावन २०७८

बाँस्कोटाको पहलमा काभ्रेको पर्यटनका लागि झण्डै २० करोडको बजेट विनियोजन

सडक निर्माणतर्फ झण्डै ८१ करोडको स्रोत सुनिश्चित



काभ्रेपलाञ्चोक । विकास बजेटमा इतिहासमै नआएको बजेट काभ्रेले पछिल्ला केही बर्षमा पाइरहेको छ । नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाको पहल र नेतृत्वमा काभ्रेले दिनानुदिन ठुला बजेटहरु पाइरहेको छ ।

केही दिन अघि मात्र बागमती प्रदेशबाट काभ्रेका पाँचवटा विभिन्न सडकका लागि ८१ करोड बजेटको सुनिश्चतता गर्नुभएका बाँस्कोटाले काभ्रेको पर्यटन क्षेत्रको लागिसमेत अर्को उचाई हाशिल गराउन सफल हुनुभएको छ ।

बाँस्कोटाले काभ्रेको पर्यटन पूर्वाधारको विकासका लागि झण्डै २० करोड बजेट स्विकृत गराउनु सफल हुनुभएको हो ।

पर्यटन मन्त्रालयमार्फत काभ्रेको भिमसेनस्थान पर्वाधार बिकास, भुम्लुका लागि चार करोड बैसट्ठी लाख,चण्डेश्र्वरी सिँढी निर्माण बनेपाका लागि तीनकरोड तिस लाख र तीनधारे झरना संरक्षण तथा पुर्वाधार निर्माण रोशीका लागि पाँच कारोड,धुलिखेल देवीस्थान पार्क, धुलिखेलका लागि ७ करोड गरी झण्डै २० करोड साझेदारी कार्यक्रम स्विकृत भएको साझेदारी कार्यक्रम स्विकृत भएको हो ।

यो पनि हेनुहोस् :

बाँस्कोटाको नेतृत्वमा विकासमा फड्को मार्दै काभ्रे : चार सडकका लागि ८१ करोडको स्रोत सुनिश्चितता

प्रतिक्रिया दिनुहोस