शनिबार, २९ जेठ २०७८

सांसद रेग्मीले छोडे माधवको साथ : रावललार्ई चक्का दिंदै खुले ओली पक्षमा



कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले एमाले नेपाल समूहको साथ छोड्नुभएको छ ।
उहाँले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गर्नुभयो । बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रेग्मी भीमबहादुर रावल निकट मानिनुहुन्थ्यो ।

रेग्मीले समूह परिवर्तन गरेसँगै सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षीय प्रदेशसभा सदस्यको संख्या सात पुगेको छ । मुख्यमन्त्रीको विपक्षमा एमालेका सात सांसदले मतदान गर्नुभएको थियो ।यस प्रदेशमा अब सभामुखबाहेक २४ जनामध्ये ओली पक्षमा ७ र नेपाल पक्षमा १७ सांसद देखिनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस