जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान



????????????????????????????????????

काभ्रेपलाञ्चोक ।  जनआन्दोलन २०६२/६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ । नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उहाँलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद रु १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गर्नुभएको हो ।

सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा जानकारी लिनुभएको थियो । अझै पनि ओछ्यानमै उपचार गराइरहेका उहाँलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याउनुभएको थियो । सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी दिनुभएको थियो । मुकेशले विस्तारै चलमल गर्ने, मुस्कान दिन थाल्नेजस्ता प्रतिक्रिया दिन थालेको उहाँले बताउनुभयो । मुकेशको स्वास्थ्य अवस्थामा तुलनात्मकरूपमा पहिलाको भन्दा धेरै सुधार हुँदै आएको सो अवसरमा उहाँले बताउनुभयो । बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए ।

उक्त अवसरमा नगरपालिकाका संस्थापक प्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठ ‘बनेपा भाष्कर’ सम्मानद्वारा सम्मानित हुनुभएको छ भने इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक ९हाल प्रहरी नायब उपरीक्षक० हुनुभएका सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती ‘बनेपा सेवा पदक’द्वारा सम्मानित हुनुभएको छ । शाहले अरनिको राजमार्ग दायाँ÷बायाँ बनेका संरचना हटाउन ठूलो योगदान दिएको र उप्रेतीले कोरोना भाइरस रोगको रोकथाम र न्यूनीकरण गर्न पु¥याएको योगदानस्वरुप सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकामा निरन्तर २५ वर्षसम्म सेवा प्रदान गर्ने ३० कर्मचारीलाई ‘बनेपा दीर्घसेवा’ सम्मानबाट सम्मान गरिएको थियो । नगरपालिकालाई सहयोग गर्ने रोशी गाउँपालिका, विभिन्न सङ्घसंस्था र ज्येष्ठ नागरिक बनेपा–४ निवासी १०१ वर्षीय रामकृष्ण श्रेष्ठ तथा वडा नं ९ निवासी ९९ वर्षीय टुकमाई तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । साथै विकास निर्माणलगायत नगरले गरेका कामको विवरण समेटिएको ‘स्मारिका २०७७’ पुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाले स्थापना दिवसका अवसरमा आयोजित ¥यालीमा सहभागी विभिन्न समुदायका प्रतिनिधि तथा सङ्घसंस्थालाई समेत सम्मान गरेको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस