दशौं महाधिवेशनमा पूर्व र पश्चिमका दुई पोखरेल सर्वसम्मत छानिनुहुनेछ



काठमाडौं । दशौं महाधिवेशनले एमालेको राजनीतिक भविष्यमा महत्वपूर्ण नयाँ सन्देश दिनेछ ।महाधिवेशनले कम्युनिष्ट पार्टीहरू व्यक्तिका महत्वाकांक्षाले विभाजित त हुन सक्छ तर जनमत विभाजित हुदैनन् भन्ने प्रष्ट सन्देश दिनेछ । अर्को महत्वपूर्ण कुरा पार्टी नेतृत्व भनेको राष्ट्रले र प्राविधिक हिसावको होइन । वैचारिक हिसावले स्पष्ट र चट्टानी अडान भएको हुुनुपर्दछ । आत्मकेन्द्रित भएर हैन, सङ्गठनको लागि सबै प्रकारका आरोह–अवरोह सहन सक्ने हुनुपर्छ भन्ने अर्को सन्देश दिनेछ र सोही अनुसार महत्वपूर्ण तीन पदमा के.पी. कमरेड अध्यक्ष हुनुहुनेछ । अर्को सङ्गठनभित्र अनेकौं वर्षा, शित पार गर्दै आउनुभएका कमरेड इश्वर पोखरेल वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन हुनुहुनेछ भने सङ्गठनलाई वैचारिक हिसावले दीक्षित गर्न सक्ने जवजका प्रखर व्याख्याता कमरेड शङ्कर पोखरेल महासचिव पदमा सर्वसम्मत चयन हुनुहुनेछ । अझ भनौं मुल नेतृत्वको विषयमा त दावी खासै हुँदैन । पछिल्लो दृष्यमा उपयुक्त व्यक्तिलाई चयन गर्नु हामी सबै प्रतिनिधीको कर्तव्य हो ।

कमरेड इश्वर पोखरेल पार्टी स्थापना कालदेखि केन्द्रीय नेतृत्वमा रहनुभई नेतृत्वलाई सधैं नजिकबाट सहयोग गर्दै आउनुभएको र दुइपटक पार्टी महासचिवमा कार्यकर्ताको विश्वास जित्न सफल हुनुभएको स्पष्ट र चट्टानी अडान भएको अर्को व्यक्ति मैले देखेको छैन । अर्को कुरा नेकपा माओवादीसँग एकता हुँदा यो प्राविधिक एकता दिगो हुँदैन भनेर निरन्तर आफ्नो ठाउँमा विचार राख्नुभयोे । आखिर परिणाम हाम्रा अगाडि नै छ । अर्को एकताका नाममा कसैलाई पाखा लगाउने नाममा महाधिवेशनले चुनेको महासचिवलाई नै हटाइएको यो पनि अन्याय भएको छ । तसर्थ उहाँको निर्विकल्प वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुपर्दछ । अर्को महासचिव पदमा कमरेड शङ्कर पोखरेल जवजका प्रखर व्याख्याता र सङ्गठनलाई सहि दिशामा डो¥याउन सक्ने व्यक्तित्व हुनुहुन्छ । अतिसयोक्तिी हुन्न भने मेरो नजरमा कमरेड शङ्कर पोखरेल मदन भण्डारीको वास्तविक उत्तराधिकारी नै हो । धेरै कमरेडहरूले भुल्नु भयो कि थाह छैन । वि.स. २०४८ सालमा टनकपुर सन्धीको विरोधमा नौ वामपन्थी गठवन्धनले देशव्यापी आन्दोलन सञ्चालन गरेको थियो ।

वि.स.२०४९ को वैशाखमा सरकारले स्थानिय निर्वाचन घोषणा ग¥यो । त्यस लगत्तै एमालेले आन्दोलनलाई निर्वाचन परिचालनमा रूपान्तरण गर्दै प्रजातन्त्रको जगको पिलर स्थानिय निर्वाचनमा भाग लिने निर्णय ग¥यो । र आन्दोलनको स्वरूप बदल्यो । एमाले विरूद्ध बाँकी कम्युनिष्टहरू खनिए अनेकौं लालछना लगाए । तर मदन कमरेडको त्यसबेलाको नेपाल टेलिभिजनमार्फत प्रशारण भएको अन्तरवार्ता आज सम्पूर्ण लोकतन्त्रवादीहरूले प्रशंसा गर्दैछन् । त्यसबेला पाँचौ महाधिवेसन भइसकेको थिएन ।

कार्यकर्ताको मानसिकता तपाई अनुमान गर्न सक्नुहुन्छ । शङ्कर कमरेड अनेराश्ववियुको अध्यक्ष हुनुहुथ्यो । अब विद्यार्थी सङ्गठनलाई आन्दोलन स्थगित गर्दै निर्वाचनमा लगाउनु मदन कमरेडलाई अझ कठिन थियो । बहुमत केन्द्रीय सदस्य आन्दोलनलाई अगाडि बढाउने र गठवन्धन तोड्न नहुने पक्षमा हुँदा पनि सहि बाटोमा सङ्गठनलाई डो¥याउनुभयो । जस्को परिणाम आजको एमाले जनजनमा स्थापित छ । नयाँ पार्टी सदस्यहरू ह्वात्तै बढेको छ , पार्टीप्रति आकर्षण छ तर वैचारिक हिसावले अहिले कार्यकर्ता पङ्क्ति साहै्र कमजोर अवस्थामा रहेको छ । त्यो विशाल पङ्क्तिलाई वैचारिक हिसावले दीक्षित गर्दै वास्तुनिर्माणमा लगाउन चानचुने कुरा होइन, त्यसैले कमरेड शङ्कर पोखरेलको विकल्प देखेको छैन । वाम एकताका नाममा उहाँमाथि पनि अन्याय भएको छ । केन्द्रीय राजनीतिबाट पर धकेल्न खोजिएकै हो । अन्तमा सबैखाले अवसरवादलाई परास्त गर्दै रकमी र टालटुले कुराले होइन, वैचारिक हिसावले दक्ष, सहि निर्णयको लागि अडान भएका आधिवेहरी खप्न सक्ने, आत्मसम्मानमा चोट पुग्दा पनि दृढतापूर्वक उभिने व्यक्तित्व कमरेड इश्वर पूर्वको कमरेड शङ्कर पश्चिमको पोखरेललाई सर्वसम्मत बनाउनु हामी सबैको दायित्व हो ।

  • हरि अधिकारी,प्रतिनीधि, काठमाडौँ क्षेत्र न.५

 

प्रतिक्रिया दिनुहोस