बुधबार, ०२ असार २०७८

नेपाली सेनाको मुख्यालयमा आगलागी



काठमाडौं । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ ।

क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीबाट ठूलो क्षति भने नभएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस