बुधबार, २० श्रावन २०७८

‘डक्टर जी’ मा आयुष्मान-रकुल



एजेन्सी । भारतीय अभिनेता आयुष्मानले फिल्म डक्टरजी लिएर आउने घोषणा गरेका थिए । उनले आफु पहिलोपटक डक्टरको भुमिका निर्वाह गर्ने बताएका थिए ।

जंगली पिक्चर्सले निर्माण गर्ने फिल्ममा उनको अपोजिटमा अभिनेत्री रकुल प्रित सिंह देखिने भएकी छन् । उनीहरुले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । फिल्मको हिस्सा बन्न पाएकोमा रकुलले खुसी व्यक्त गरेकी छन् ।

अभिनेत्रीले फिल्मको स्क्रिप्ट सुनेपछि फिल्मसँग प्रेम भएको र यो एक रोमान्चक स्टोरी रहेको जुन मेडिकल प्रोफेसनको वरिपरी घुम्छ भनेर बताएकी छन् ।

रकुल हाल सिद्धार्थ मल्होत्रासँग फिल्म ‘थ्यांक गड’ को छायांकन गरिरहेकी छन् । साउथ फिल्ममा आफ्नो अलग पहिचान बनाएकी उनले बलिउडमा पनि राम्रो सफलता हात पारेकी छन् । उनको अभिनयसँगै सुन्दरताको निकै चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस