सोमबार, १३ मंसिर २०७८

दिपिका, सोनम लगायत यी अभिनेत्री समेत परेका थिए यौन शोषणमा, कसरी गरे सामना ?



एजेन्सी । यौन शोषण कुनै एक देश र सँस्कृतीमा मात्र छैन । पुरा संसारका कुनै न कुनै व्यक्ति कोही न कोहीबाट शोषित भएकै हुन्छ । नेपालको कुरा गर्ने हो भने यस सम्बन्धीका घटनाहरु यहाँ पनि दिनहुँ बढीरहेको छ । सामान्य देखि नाम चलेका महिलाहरु पनि शोषित भई नै रहेका छन् । प्रस्तुत छ केहि भारतीय अभिनेत्रीहरुको यौन शोषणको अनुभव र सामना गरेको पलहरु

दिपिका पादुकोण
बलिउड अभिनेत्री दिपिका पादुकोणले आफु १४ वर्ष हुँदा नै यौन शोषण भोग्नु परेको कुरा भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दा बताएकी छिन् । उनले त्यस समय आफु बजारमा हिँड्दा कसैले पछाडीबाट आफुलाई जिस्काएको र त्यस समयमा आफुले केहि नगरेको तर पछि भिडको बीचमा उक्त व्यक्तिको कपडाको कलर समातेको बारे बताएकी थिईन् । उनले कसैसँग डराउनु यसको समाधान नरहेको बताईन ।

बिपाशा बसु
बलिउडकी अर्कि अभिनेत्री बिपाशा बसु पनि एक समय यौनशोषणमा परेकी थिईन् । एक नाईटक्लबमा प्रेमी जोनसँग पुगेकी उनलाई दुव्र्यवहार गर्दै भाग्न खोजेका एक व्यक्तिलाई जोनले समातेका थिए ।

सोनम कपुर
अभिनेत्री सोनम कपुरले पनि आफु १३ वर्षकै उमेरमा यौन शोषणमा परेको खुलाएकी थिईन् । एक थिएटरमा अन्जान व्यक्तिले उनलाई असहज रुपमा छोइर्हेका थिए । आफु सानै उमेरको भएकोले के गर्ने के नगर्ने थाहा नहुँदा त्यहिँ रुन थालेको बताएकी थिई्न् ।

सुष्मिता सेन
मिस युनिभर्स तथा बलिउड अभिनेत्री सुष्मिता सेनले पनि आफु यौन शोषणमा परेको बताएकी छिन् । उनले एक अवार्ड कार्यक्रममा आफुमाथि दुव्र्यवहार गरेको र बदलामा आफुले उक्त व्यक्तिलाई चेतावनी दिएर छाडेको बताएक्ी थिईन् ।

प्रतिक्रिया दिनुहोस