शनिबार, ०९ असोज २०७८

माल्दिभ्समा अदितीको हट अवतार



काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले त्यसपछि करीब तीन वर्ष फिल्ममा काम गरिनन् ।

पहिलो फिल्मले अपेक्षित सफलता हासिल नगरेपछि उनी मुम्बई फर्किएर मोडलिङमा व्यस्त बनेकी थिइन् । तर यो बीचमा पनि उनले केही हिन्दी र पञ्जाबी गीतमा अभिनय भने गरिन्, जसले उनलाई भारतका दर्शकबीच पनि परिचित गराएको छ ।

दशैंपछि हुने ‘बाबरी’ को छायांकनका लागि उनी भारतबाट सिधै सिक्किम प्रस्थान गर्ने बताइएको छ । यसमा उनको जोडी धिरज मगरसँँग बाँधिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्ने ‘हट एन्ड बोल्ड’ तस्बिरका कारण चर्चामा आउने गरेकी उनी नेपाली सेलिब्रेटीहरुमध्ये इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने अभिनेत्री हुन् । इन्स्टामा उनलाई पछ्याउनेको संख्या १७ लाख छ । उनले हालै इन्स्टाग्राममा माल्दिभ्समा बिकिनीमा गरेको फोटोशुट राखेकी छिन् । यस्ता छन् उनको तस्बिरहरु

प्रतिक्रिया दिनुहोस