शनिबार, ०९ असोज २०७८

एमालेको अवरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक २५ भदौमा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गर्नुभएको छ

बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका थिए ।
नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले आफुहरुले कार्वाही गरेका १२ जना संसादहरुको कार्वाही गरेको सूचना नटाँसेर एमाले विभाजनमा मतियार भएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस