मंगलबार, १२ असोज २०७८

एआईजीहरुको सरुवा, सहकुल थापा कार्यविभागमा



काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो ।

निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी ९मेट्रो०मै यथावत रहेका छन् भने एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएका छन् ।

यसअघि पोखरेल अपराध अनुसन्धान विभागमा थिए । उनको ठाउँमा एआईजी प्रद्युम्न कार्कीलाई पठाइएको छ भने कार्कीको ठाउँ ९प्रहरी एकेडेमी०मा निरज शाहीको सरुवा भएको छ ।

त्यस्तै भर्खरै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ ।

यसअघि केपी ओली सरकारले गरेको सरुवालाई वर्तमान सरकारले कार्यान्वयन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस