शनिबार, ०९ असोज २०७८

जन्मदिनको एकदिन पहिले अक्षयकी आमाले लिईन् संसारबाट बिदा



एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारको आमाको निधन भएको छ । अभिनेताको जन्मदिनको ठिक एकदिन पहिले उनका आमा अरुणा भाटियाको निधन भएको हो ।

यसबारे जानकारी अभिनेता स्वयंमले आफनो सामाजिक सञ्जालमार्फत् दिएका हुन् । उनले आमाको आज बिहानै निधन भएको बताएका हुन् । साथै आफनो माता र पिताको स्वर्गमा पुनर्मिलन भएको उनले उक्त पोष्टमा लेखेका छन् ।

उनी लामो समयदेखि आइसियुमा थिईन् । उनको यस जानकारी पछि धेरैले दुख व्यक्त गरेका छन् । अक्षयको भोली अर्थात ९ सेप्टेम्बरमा जन्मदिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस