सोमबार, ०१ कार्तिक २०७८

किन पर्‍यो आलियाविरुद्ध उजुरी ?



एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टलाई मुद्धा परेको छ । एक विज्ञापनमा हिन्दु धर्मको एक शब्दप्रति गरेको परिवर्तनलाई लिएर उनीमाथि हिन्दु धर्मका एक भारतीय अभियन्ताले उनीमाथि मुद्धा हालेका हुन् ।

एक गहनाको विज्ञापनमा विवाहको सिक्वेन्स गर्दा कन्यादानलाई कन्यादान नभनी कन्यामान भन्नुपर्छ भन्दै गरेको उक्त विज्ञापनलाई लिएर उनीमाथि मुद्धा परेको हो ।

त्यस्तै भारतकी अर्की अभिनेत्री कंगना रनावतले पनि कुनै पनि ब्राण्डले आफनो विज्ञापनको लागि कसैको आश्थामाथि औँला ठडाउन नहुने भन्दै पोष्ट गरेकी छिन् । अब के हुन्छ यो भने आलियाको अर्को कदम उठेपछि मात्र थाहा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस