सोमबार, १३ मंसिर २०७८

तेस्रो विवाहका लागि तयार भए आमिर !



एजेन्सी । बलिउडमा अहिले विवाहको लहर नै चलेको छ । राजकुमार रावले प्रेमिका पत्रलेखासँग विवाह बन्धनमा बाँधिईसकेका छन् भने कट्रिना कैफ र विक्की कौशल पनि विवाहको तयारीमा छन् ।

तर अहिले अर्का अभिनेता आमिर खान पनि तेस्रो विवाहको लागि तयार रहेको खबर बाहिरिएको छ । केहि समयअघि मात्रै दोेस्री श्रीमती किरणसँग सम्बन्धबिच्छेद गरेका उनी पुन विवाहको तयारीमा रहेको खबर बाहिरिएको हो ।

उनको डिभोर्सलगत्तै उनी आफनै कोस्टारसँग सम्बन्धमा रहेको भनेर हल्ला बाहिरिएके थियो । तर अहिले उनी कोसँग विवाह गर्दैछन् भन्ने खबर चाँही बाहिरिएके छैन ।

प्रतिक्रिया दिनुहोस