सोमबार, १३ मंसिर २०७८

यस्ता कुरा भएको थियो अनन्या-आर्यनबीच, जसले अनन्यालाई पनि शंकाको घेरामा तान्यो



एजेन्सी । बलिउड, जुन फिल्म तथा आफनो विशाल आकारका कारण विश्वमै चर्चाको विषय बन्ने गर्दछ । बलिउडका फिल्म, गीत अनि कलाकारहरु विश्वका धेरै देशले चिन्दछन् ।

यस्तैमा सकारात्मक देखि नकरात्मक हरेक पक्ष अन्य देशका फिल्म प्रशंसकहरुसम्म पुग्ने गर्दछ । अहिले बलिउड जगतमा चलिरहेको ड्रग्स काण्डले पनि निकै चर्चा पाईरहेको छ । हालै यस केसमा अर्कि अभिनेत्री अनन्या पाण्डे पनि जोडिन पुगिन् । जेलमै रहेका शाहरुखका छोरा आर्यन खानसँग गरेको कुराकानी बाहिरिएपछि उनी पनि शंकाको घेरामा तानिईन ।

उनको घरमा छापा मारिनुको साथै उनीसँग पनि निकै समय पुछताछ भयो । यसै क्रममा भारतीय सञ्चारमाध्यमले अनन्यासँग आर्यनको के विषयमा कुरा भईरहेको थियो भन्ने बारे केहि सुचनाहरु प्रकाशन गरेका छन् । जसमा आर्यनले केही उपाय अपनाउन सकिन्छ भनेर प्रश्न गरेका छन् र उत्तरमा अनन्याले म व्यवस्था गरिदिन्छु भनेर भनेकी छन् ।

जब यसै कुराकानीलाई लिएर उनीसँग प्रश्न गरियो तब उनले उक्त कुराकानी चुरोटको बारेमा भएको र आपुल अहिलेसम्म ड्रग्स नलिएको जनाएकी छन् । हाल यसै विषयमा भारतीय एनसिबीले राम्रै छानबिन गरिरहेको छ ।

शाहरुखका छोरा आर्यन पनि निकै समयदेखि जेलमै छन् । ड्रग्स काण्डले बलिउडका अझै कुन कुन अनुहारलाई सार्वजनिक गर्ला यो चाँही अझै भन्न सकिने स्थितीमा छैन ।

प्रतिक्रिया दिनुहोस