सोमबार, ११ श्रावन २०७८

विवाह गर्दै अञ्जु पन्त



काठमाडौँ । स्वरकी धनी गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । गायक तथा संगीतकार मनोजराजसँगको सम्बन्ध टुटेपछी एक्लो जीवन बिताउँदै आएकी अञ्जुले पत्रकार थीर कोइरालासँग विवाह गर्न लागेकी हुन्।

थीरको प्रेममा डुब्दै आएकी अन्जुले पत्रकार सामु आफू विवाह गर्न लागेको बताएकी हुन। उनले विवाह कहिले हुन्छ भनेर भने खुलाएकी छैनन् ।

छोरी परितोशिकाका कारण अन्जुले विवाह गर्न लागेको बुझिएको छ। आफूले विवाह गरेर गएपछि आमा एक्लै हुने पीरले छोरी परितोशिकाले अन्जुलाई विवाहको दबाब दिंदै आएको बताईन्छ।

करिब ८ बर्ष अगाडी एक अन्तर्वाताको क्रममा थीरसँग भेट भएको बताउने अन्जुले ४ बर्षदेखि भने एकअर्का बिच राम्रोसँग चिनजान हुन थालेको बताईन्। बिगत एक बर्षदेखि भने विवाह गर्ने सोच बनाएको अन्जुको भनाई छ। आफ्नो हुनेवाला श्रीमानको बारेमा खुलेर प्रशंसा गर्दै अन्जुले भनेकी छिन्, ुनाम अनुसारकै उहाँ थीर, शान्त, शालिन र भावुक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस