बुधबार, २० श्रावन २०७८

विराट-अनुष्काले यसरी मनाए छोरीको ६ महिना



एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीकी छोरी वामिका ६ महिना पुगेकी छिन् । प्राय आफना कामका कारण चर्चामा रहने यो जोडीले पहिलो सन्तानका रुपमा छोरी पाएका छन् ।

हालसम्म छोरीको अनुहार सार्वजनिक नगरेका उनीहरुले छोरीको ६ महिना पनि निकै गोप्य तरिकाले मनाएका छन् । अभिनेत्री अनुष्का शर्माले आईतबार केहि फोटो सार्वजनिक गर्दै छोरीको ६ महिना पुगेको कुरा लेखेकी छन् ।

उनले वामिकाको एक हाँसोले आफनो दुनियाँ बदल्न सक्ने र आफु उसले गरेको मायामा आफुरु सक्षम उत्रिने आशा राखेको लेखेकी छिन् । उनको यो पोष्टपछि उनीहरुले आफ्नो प्रशंसकहरुबाट बधाईका साथै निकै माया पाएका छन् । उनीहरुले छोरीको ६ महिना एक पार्कमा मनाएको तस्बिरमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस