शुक्रबार, ०५ कार्तिक २०७८

शाहरुखका छोरा किन परे पक्राउ ? : एनसिबी अधिकारी भन्छन् ‘पर्याप्त प्रमाण छ’



एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका छन् ।

मुम्बईदेखि गोवा जाँदै गरेको जहाजमा ड्रग्स पार्टी भईरहेको र उक्त पार्टीमा अभिनेताका छोरा पनि सामेल रहेका कारण उनलाइ एनसिबीले पुछताछ गरेको थियो ।

करिब १५ घण्टा को पुछताछ पछि उनी आइतबार पक्राउमा परेका हुन् । आर्यनसँगै तीन्जना पक्राउ परेका छन् । त्यस्तै एनसिबीले उनीहरुको बिरुद्ध पुग्ने सबुत रहेको जनाएको छ ।

उनीहरुलाई पक्राउपछि अस्पताल लगेर उनीहरुको शरीर जाचीने छ, जसमा उनीहरुको शरीरमा ड्रग्सको मात्रा छ छैन थाहा हुनेछ । उनीहरुलाई पक्राउ गर्नुको मूख्य कारण लागुऔषधको प्रयोग र तस्करीमा उनीहरुको संलग्नता रहेको छ ।

प्रतिक्रिया दिनुहोस