सोमबार, ०१ कार्तिक २०७८

माधव नेपालले लिएको बाटो सही छैन : अष्टलक्ष्मी शाक्य 



काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको बताउनुभएको छ ।

आज बिहीबार एमालेले आयोजना गरेको काठमाडौं जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा   सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालै फर्किन आह्वान गनुृभयो ।
यत्ति बेला फुटको राजनीति हैन एक जुटको राजनीति आवश्यक रहेको भन्दै माधव शाक्यले नेपालले लिएको बाटो सही नभएको बताउनुभयो ।

उहाँले यो समय एमालेलाई सुदृढ र थप बलियो एमाले बनाउने समय भएको बताउनुभयो ।‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल हाम्रो नेता हो । अग्रज हो । आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन । आफूले दुस्ख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन,’ शाक्यले भन्नुभयो ।

शाक्यले नेता नेपालले समीक्षा गर्दै एमालेमै फर्कनुपर्ने बताउनुभयो ।   उहाँले कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा एमाले नै भएको बताउनुहुँदै पार्टीलाई थप बलियो बनाइने बताउनुभयो । एमालेलाई थप बलियो बनाउन पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनको अक्षरशः पालना हुनु पर्ने शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस