बुधबार, २० श्रावन २०७८

अष्टलक्ष्मी शाक्यसहित ५६ प्रहरी नियन्त्रणमा, बन्दकर्ताद्धारा गोंगबुमा ट्याक्सीमा आगजनी




काठमाडौँ ।   नेकपाको माझण्ड (माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड) समूहको नेता अष्टलक्ष्मी शाक्य कलंकी चोकबाट पक्राउ परेकी छिन । सडक बन्द गराउँदै हिडेकी शाक्यसहित सोही समूहका नेताहरू हितमान शाक्य,अमृता थापा, कृष्ण केसी, रमेश मल्ल लगायतका नेताहरू पक्राउ परेको सोही समूहका नेता विष्णु रिजालले बताएका छन । उनीहरू बन्द सफल बनाउने भन्दै सटर बन्द गराउने र सवारी सञ्चालनमा अवरोध गरिरहेको अवस्थामा पक्राउ परेका हुन ।

प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापालगायतकाका नेता कार्यकर्तालाई कलंकी बाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको थियो । आमहड्तालका लागि बुधबार साँझ उक्त समूहका भातृ संगठनहरू काठमाडौंमा मसाल जुलुस समेत निकालेका थिए।

त्यस्तै पुमा समूहले सामाखुशीमा गुडिरहेको ट्याक्सीमा आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका समूहले ट्याक्सी आगजानी गरेको जानकारी दिनुभयो । ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहानै बन्द गर्दै हिँड्ने ५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस