शनिबार, २९ जेठ २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बादल पक्ष अनुपस्थित



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

एमालेसँग एकताअघि माओवादीको स्थायी कमिटी थिएन । आजको स्थायी कमिटी बैठकमा अदालतबाट खारेज भएको नेकपाका स्थायी कमिटी सदस्यहरू सहभागी हुनुहुन्छ।

एमालेसँग एकीकरणका बेला माओवादीले १९ जना सदस्य पाएको थियो । तीमध्ये रामबहादुर थापा बादल,टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा केपी ओली पक्षमा लाग्नुभएको छ । आजको बैठकमा पनि बादल पक्षका चार नेता सहभागी हुनुहुन्न ।

प्रतिक्रिया दिनुहोस