बिहिबार, १४ श्रावन २०७८

सरकारको विरोध गर्नेहरू हिटलरका नयाँ अवतार : गृहमन्त्री थापा

प्रचण्ड आतंकित भएर भ्रम छर्दैछन्



विराटनगर, विराटनगर, ८ फागुन – नेकपाका सचिवालय सदस्य तथा  गृहमन्त्री रामवहादुर थापा बादलले प्रचण्ड आतंकित भएर पूर्वमाओवादीका केही मन्त्री आफ्नो पक्षमा आउन लागेको भनी गोयवल्स शैलीको प्रचार गरिरहेको बताउनुभएको छ ।

विराटनगरमा शनिवार आयोजित नेकपाको बृहत आमसभालाई सम्बोधन गर्दै बादलले ओली पक्षबाट होइन, अब प्रचण्डको पक्षबाट हजारौं नेता कार्यकर्ता आफूहरुको पक्षमा आउने दावी गर्नुभयो ।

बादलले भन्नुभयो,‘काठमाडौंमा प्रचण्ड समूहले  केही भ्रम फैलाउने प्रत्यन गरे । उनीहरु देशब्यापी रुपमा किन झूटको सहारा लिदैछन् ? यो उनीहरुको आतंकको अभिव्यक्ति हो, भयको अभिव्यक्ति हो । उनीहरु गोयवल्स शैलीको सहारा लिदैछन् ।’

तीनबर्षमा मुलुक संवृद्घतर्फ अगाडी बढिरहेकोसबै सुचांक हुँदा हुँदै गोवयल्सहरुले दुस्प्रचार हल्ला चलाइरहेको उहाँले बताउनुभयो । जनताको जनमतमा जानु अग्रगामी कदम भएको बताउँदै गृहमन्त्री बादलले पार्टी नेतृत्वलाइृ अपदस्त गरेर जस्केलाबाट नेतृत्व हत्याउन खोज्ने प्रचण्ड समूहको कदम चाँही प्रतिगमनकारी भएको बताउनुभयो । प्रचण्ड र माधव नेपाल समूहहरु पद लोलुप भएको बताउँदै थापाले पद नपाएपछि पदलोलुप अवशरवादीहरुले पार्टीलाई विभाजन गर्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्न  खोजेको बताउनुभयो ।

चुनावमा जानु लोकतान्त्रिक र अग्रगामी कदम भएकाे भन्दै उहाँले फुटवादीकाे भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयाे । सरकारको विरोधमा रहेकाहरू हिटलर र गोयबल्सका नयाँ अवतार भएको पनि उहाँले बताउनुभयाे । चुनावमा जानु प्रतिगमन हाे भनेर दुष्प्रचार गर्नेहरू आफूलाई हिटलरजस्तै बन्न रुचाउने व्यक्तिहरूनै रहेका उहाँले बताउनुभयाे ।

मुलकुमा अपराध न्युनिकरण हुँदै गइरहेको बताउँर्दै गृहमन्त्री थापाले निर्मलाको हत्यारा पनि कानूनको पन्जा नजिक आइसकेको बताउनुभयो । उहाँले कुनैपनि अपराधलाई कुनै प्रकारको छुट नदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस