सोमबार, ०१ कार्तिक २०७८

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु



बर्दिया । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर बर्दिया स्थीत ठाकुरबाबा नगरपालिका –३ का ३१ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २७ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजू ४३ वर्षकी बेलमती थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।

शुक्रवार राति करिब १०ः३० बजेको समयमा उक्त घटना घटेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउले जनाएको छ । बँदेल मार्नका लागि ठाकुरबाबा नगरपालिका बस्ने ८३ वर्षका राजबहादुर शाहीले आफनै खेतमा विद्युतीय पासो लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस