बिहिबार, १४ श्रावन २०७८

काठमाडौंमा नेपाल बन्दको प्रभाव खासै देखिएन, पसल खुले यातायात चले

जब सडकमा निक्लिएका प्रचण्डलाई कार्यकर्ताले नै साथ छोडे .....



काठमाडौं । एकाविहानै काठमाडौंको गोगंवुमा टुयाक्सी आगजनी गरेर हिंसात्मक गतिविधि गरेको पुष्पकमल–माधव (पुमा) समूहको बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन ।

विहान केही समय सार्वजनिक यातायात र पसलहरु बन्द रहेपनि विस्तारै पसल तथा यातायात खुल्न थालेका छन् ।

प्रहरीले अराजक गतिविधि गर्दै हिडेकी अष्टलक्ष्मी शाक्य सहित ६० भन्दा बढि पुमा समूहका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएसँगै सडकमा उक्त समूहको उपस्थिति घट्दै गएको छ । सडकमा कार्यकर्ता उभिन छाडेपछि उक्त समूहका अध्यक्ष पुष्प कमल दाहाल स्वंयम कोटेश्वरमा निस्किएपनि ५० जना कार्यकर्ता पनि नभएसँगै उनी निराश बनेर फर्किएका छन् ।

हेर्नुहोस् तस्बिरः

प्रतिक्रिया दिनुहोस