बुधबार, २० श्रावन २०७८

हड्तालमा सेनाको बख्तरबन्द गुड्दा दाहाल–नेपालको भागाभाग, ओली पक्षले गर्यो बृहत मार्चपास



काठमाडौं । प्रचण्ड–माधव नेपाल र ओली समूहको छुट्टाछुट्टै प्रदर्शन चलिरहेको समयमा नेपाली सेनाले बख्तरबन्दले धनगढी बजार परिक्रमा गरेको छ । आम हड्तालसँगै धनगढीमा प्रचण्ड माधव समूहले प्रदर्शन गरिरहेको समयमा बख्तरबन्द गाडी गुडेपछि दाहाल– नेपाल समूहका कार्यकर्ताको भागाभाग भएको छ।

धनगढीको ट्राफिक चौराहामा प्रदर्शन गरिरहेका समयमा सेनाले बख्तरबन्द प्रदर्शन प्िरचण्ड–माधव समूहको भागाभाग भएको हो ।
सेना गाडी प्रदर्शन चाहिँ पूर्व निर्धारित नै थियो। आम हड्ताल चाहिँ हिजोमात्र तय भएको थियो। त्यसोत धनगढीमै आज ओली पक्षका युवाहरले ओलीको समर्थन र बन्दको विरोधमा बख्तरबन्द आएकै समयमा प्रदर्शनसमेत गरेका थिए ।

यता नेकपाका नेता एवं युवा संयोजक महेश बस्नेत नेतृत्वमा हड्तालकै दिन वाल्मिकी कलेजबाट बृहत मार्चपास भएको छ ।
काठमाडौं र भक्तपुरका १० स्थानबाट तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट एकै पटक मार्चपास गरेसँगै हड्ताल गरिरहेका प्रचण्ड–माधव समूहमा झडप हुने हो की भन्ने भय देखिन्थ्यो ।

प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी पूर्व निर्धारित कार्यक्रम अनुशार नै मार्चपास गरिएपनि दाहाल समूह मानशिक तनावमा परेको हो ।

मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुगेको थियो । मार्चपासपछि वाल्मिकी कलेजमै आएर ती स्वयंसेवकलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा मन्त्री ईश्वर पोखरेल र बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

‘हाम्रो यो पूर्वनिर्धारित कार्यक्रम हो, आज प्रचण्ड(माधव समूहको आमहड्ताल छ, हामीलाई यो आमहड्तालसँग कुनै सरोकार छैन,’ बस्नेतले भने, ‘कोही पनि टसलमा नआए हुन्छ।’ प्रशिक्षणपछि ती स्वयंसेवक भोलि नारायणहिटी संग्रहालय अगाडि हुने आमसभामा खटिने छन्।

‘तीन लाख जनशक्ति उतार्ने हाम्रो लक्ष्य छ, आमहड्ताल फिर्ता लिन र टसलमा नआउन प्रचण्ड(माधव समूहलाई अनुरोध गर्छौं। फिर्ता लिएनन् भने पनि सुरक्षा निकायसँग समन्वय गर्दै आमसभा सफल पार्छौं।’
यो मार्चपासलाई लक्षित गरी प्रहरीले त्यहाँ आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले दुबै पक्षलाई आपसमा भिडन्तको स्थितिमा जान नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस