बुधबार, २० श्रावन २०७८

बन्दको अवेज्ञा गर्दै सुर्खेतमा मोटरसाइकल र्‍याली



सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको विरोध गर्दै ओली समूहका कार्यकर्ताहरुले सुर्खेतमा मोटरसाइल र्‍याली निकालेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगर बजारमा उनीहरूले बिहीबार आमहड्तालविरुद्ध विरोध र्‍याली निकालेका हुन् ।
प्रचण्ड–माधव समूहले बन्दहड्ताल गरेर जनतालाई दुःख दिएकाले बन्दको विरोधमा र्‍याली निकालिएको नेकपा निकट अनेरास्ववियूका केन्द्रीय सदस्य पदम खड्काले बताउनुभयो ।

‘आमहड्ताल गरेर नागरिकलाई दुःख दिने काम गरियो । यस्तो खाल्को बन्दको औचित्य छैन भन्ने सन्देश दिन विरोध स्वरुप मोटरसाइकल र्‍याली निकालेका हौं,’ उहाँले भन्नुभयो । विद्यार्थीहरुले ‘बन्द गर्न पाइँदैन’, ‘विद्यार्थीलाई पढ्न देऊ’, जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस