बिहिबार, १४ श्रावन २०७८

बन्दको विरोधमा पोखरामा प्रदर्शन : निकालियो मोटरसाइकल र्‍याली



पोखरा । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोध गर्दै पाखेरमा प्रदर्शन भउको छ । पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर बन्दको विरोध गरिउको हो ।

प्रदर्शनका क्रममा बन्दको विरोधकर्ता र प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताबीच केही समय भनाभन समेत भएको थियो।

पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्‍याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको छ ।

पर्दशनकाक्रममा नेपाल खुला छ, केपी ओली जिन्दावाद लगायतका नारा लगाइएको थियो ।

प्रचण्ड(नेपाल पक्षले नेपाल बन्द गरेर सर्वसाधारणलाई दुस्ख दिएकाले विरोध गर्नुपरेको अनेरास्ववियुका केन्द्रीय सदस्य केशव सापकोटाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस