सोमबार, ११ श्रावन २०७८

बन्दको प्रतिकारमा उत्रन संयोजक महरको निर्देशन



काठमाडौँ । अनेरास्ववियूका संयोजक ऐन महरले आज पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूहको बन्दका कारण आम नागरिकमा पर्न गएको समस्यालाई मध्यनजर गर्दै तत्काल प्रतिकारमा उत्रन अनेरास्ववियूका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बन्दका कारण परिक्षार्थी, विरामी, गरिव जनतालगायतलाई अत्याधिक समस्या उत्पन्न भएको भन्दै आम नागरिकको पक्षमा प्रतिकारमा उत्रन निर्देशन दिनुभएको हो । प्रचण्ड माधव समूहले जंगली गतिविधि गर्दै आम नेपाली जनताको विरुद्धमा गतिविधि गरेकाले जनताको जीवन रक्षाको निम्ती प्रतिवाद गर्न निर्देशन दिनुभयो । प्रचण्ड– माधवको ज्यादती सहेर बस्नु अपराध भएको उल्लेख गर्दै संयोजक महरले सम्पूर्ण युवा तथा विद्यार्थीहरुलाई तत्कालै बन्दको विरुद्धमा प्रतिकार गर्न निर्देशन दिनुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सत्ता र कुर्सिका लागि गरिएको जनता मारा कथित नेपाल बन्दमा एम्बुलेन्स तोडफोड गरिएको छ, गरिब मजदुरको ट्याक्सी जलाइएको छ, किसानहरुको तरकारी सडकमा फ्याँकिएको छ, विद्यार्थीहरुलाई परीक्षा दिन जान दिएको छैन र पुरै जंगली शैलीमा मार्चण्ड गुट जनताका बिरुद्ध जाइलागेको छ । यस्तो ज्यादती सहेर बस्नु अपराध हो । त्यसैले सम्पूर्ण युवा विद्यार्थी र न्यायप्रेमि जनसमुदायलाई प्रतिकारका लागि हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस