शनिबार, ०९ असोज २०७८

वर्षा शिवाकोटीको यो मिसन भयो पुरा



काठमाडौँ । नेपाली अभिनेत्री वर्षा शिवाकोटी सिने क्षेत्रको अहिलेको रोजाईको अभिनेत्रीमध्येकी एक हुन् । फिल्म नाई नभन्नु ल को सिक्वेलबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी उनी फिल्मका पारखीहरुको रोजाईमा पनि राम्रै पर्छिन् ।

सामाजिक सञ्जालमा प्राय सक्रिय रहने उनी आफना हरेक क्षणहरु सेयर गरिरहेकी हुन्छिन् । उनले हालै आाफनो इन्स्टाग्राममार्फत् नयाँ घर प्रवेशका लागि पुजा गरिरहेको तस्बिर सार्वजनिक गरेकी छ्नि ।

कुर्तामा सजिएर दुई हात जोडेर पुजामा मग्न रहेकी उनले आफनै घर बनाउने मिसन पुरा भएको र निकै खुशी छोरी भएको भन्दै लेखेकी छन् । यस्ता छन् उनले राखेका तस्बिरहरु ः

प्रतिक्रिया दिनुहोस