सोमबार, ११ श्रावन २०७८

दोलालघाट र सिपाघाटमा बाँस्कोटाको स्थलगत निरीक्षण

राहत, पुनर्निर्माण र विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न आग्रह



काभ्रेपलान्चोक । इन्द्रावती नदीमा बाढी आएपछि प्रभावित भएको काभ्रेपलाञ्चोकको दोलालघाटमा पूर्वमन्त्री गोकुल बाँस्कोटाले स्थलगत निरीक्षण गर्नुभएको छ । बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका नेता बाँस्कोटाले जनप्रतिनिधि, काभ्रेका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसँग वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको छ ।

उहाँसँगै बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपाल, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।

बाढीले गरेको असर र हुनसक्ने क्षति न्यूनीकरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक पूर्व तयारमा जुट्न आग्रह गर्नुभयो । ‘तत्काल विपद्मा परेकाहरूलाई राहत उपलब्ध गराउँदै क्षति भएका संरचनाअपुनर्निर्माणमा तुरुन्त जुट्नु पर्छ, थप जोखिम हुन नदिन पूर्वतयारीमा जुटीहालौं’ बाँस्कोटाको भनाई थियो ।

उहाँले बाढीमा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवार जनलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो । ‘अकल्पिनीय र अपर्झट आएकाे प्रकोपले पीडा दिएको भन्दै बाँस्कोटाले विपद्को सबै पक्ष मिलेर सामाना गरिने  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस