बिहिबार, १४ श्रावन २०७८

बाँस्कोटाको नेतृत्वमा विकासमा फड्को मार्दै काभ्रे : चार सडकका लागि ८१ करोडको स्रोत सुनिश्चितता



काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले काभ्रेली जनताको विकासको सपना बिस्तारै पुरा हुँदै गइरहेको बताउनुभएको छ । काभ्रेका चार वटा सडकलाई ८१ करोडको स्रोत सुनिश्चितता गरेसँगै बाँस्कोटाले विस्तारै जिल्लावासीको विकासको सपना र विकासको काम पुरा हुँदै गइरहेको बताउनुभएको हो । आफूले निर्वाचनको समयमा ‘हामी काम गर्छौ, हामीलाई विश्वास गर्नुस्।’ भनेको र जनताले पनि विश्वास गरी जिताएकोले आफूले जनताको आदेश अनुसार काम गरिरहेको बाँस्कोटाको भनाई छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत बाँस्कोटाले काभ्रेको दुर्गभ मानिएको दोलालघाट सिलामे सापीङ बेखसिम्लेका लागि बजेट शुनिश्चित भएको भन्दै अब उक्त क्षेत्र दुर्गम नरहने पनि बताउनुभयो । चुनावी बाचा अनुरूप उक्त सडकका लागि छब्बीस करोडको बहु वर्षे स्रोत सुनिश्चित भएको बाँस्कोटाले बताउनुभयो । उक्त सडकका लागि केही हप्ताभित्रै ठेक्का लाग्ने पनि बाँसकोटाले उल्लेख गर्नुभएको छ ।

बाँस्कोटाले काभ्रेको डुँडामुख देवीटार–घुमाउने–फेदीका लागि पैतिस कोरोड र पाँचखाल –बोहोरेदोभानका लागि दश करोड अनि ढाँडाचौर बुढापोखरी रानीकोटका लागि दश करोडको बहुवर्षे ठेक्काका लगि श्रोत सुनिस्चित भएको पनि जानकारी दिनुभयो ।

तीनबर्ष भित्र यी सडक सम्पुर्ण रुपमा सम्पन्न हुनेपनि बाँस्कोटाले बताउनुभयो । काभ्रेली जनताको तर्फबाट बाँस्कोटाले यसका लागि प्रधानमन्त्री केपी ओली, बाग्मती प्रदेशका मुख्यमन्त्रत्री डोरमणी पौड्याल, योजना वित्त मन्त्री कैलाश ढुंगेल र भौतिक पूर्वाधार विकास मन्त्री रामेश्‍वर फुयाल लगायतलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस