सोमबार, ०१ कार्तिक २०७८

बेदुराम भुसाल बन्ने एकीकृत समाजवादीको महासचिव



काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) काे महासचिवमा बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको स्राेतले जनाएकाे छ ।

केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस गर्ने  र उनलाइ महासचिव घोषणा गर्ने बताइएकाे छ । महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ ।

प्रतिक्रिया दिनुहोस