बिहिबार, १४ श्रावन २०७८

५२ वर्षकी भईन भाग्यश्री



एजेन्सी । बलिउड अभिनेत्री भाग्यश्री आज मंगलवारबाट ५२ वर्षकी भएकी छन् । उनको जन्म २३ फेब्रअरी १९६९ मा सांगलीका राजा विजयसिंह राव माधवन राव पटवर्धनमा भएको थियो ।

फिल्म ‘मैंने प्यार किया’ बाट सुखद डेब्यू गरेकी उनले राम्रो नाम कमाएकी थिइन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेता सलमान खान थिए ।

यो फिल्मपछि भाग्यश्रीको भाग्य नै चम्कियो । कैयौं सुपरहिट फिल्ममा काम गरेकी उनका ‘त्यागी, पायल, घर आया मेरा परदेसी’ जस्ता फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिएका पनि छन् । केही वर्षयता भने उनी अभिनयमा सक्रिय छैनन् ।

१९ वर्षको उमेरमा भाग्यश्रीले आफ्नो बाल्यकालको साथी हिमालय दासानीसँग विवाह गरेकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस