सोमबार, ३१ जेठ २०७८

भूमिसम्बन्धी समस्या समाधानको लागि वर्तमान आयोग नै अन्तिम हुनेछ : देवीप्रसाद ज्ञवाली



काभ्रेपलान्चोक । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले  भूमिहीन एवं सुकुम्वासीहरूले यो पटक जग्गा पाउनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । भूमिसम्बन्धी समस्या समाधानका लागि काभ्रेको धुलिखेलमा मङ्गलवार आयोजना गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि ज्ञवालीले नेपालमा विभिन्न समयमा भूमिसम्बन्धी समस्या समाधान गर्न  विभिन्न आयोगहरू गठन भएपनि वर्तमान आयोग नै अन्तिम आयोग हुने बताउनु भयो । ‘यो आयोगले ऐन नियमावली पुरा भएर गठन भएकोले अन्तिम आयोग हो, यसैले सम्पूर्ण भूमिहीन, सुकुम्वासीका समस्या समाधान गर्छ’ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा आयोगका केन्द्रीय सदस्य केशव देवकोटा, विज्ञ सदस्य जगत देउजा, नगरपालिका महासङ्घका अध्यक्ष अशोक ब्यान्जु, प्रमुख जिल्ला अधिकारी लगायतको आतिथ्यता छ ।

कार्यक्रममा काभ्रेका विभिन्न स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय प्रमुखहरूको सहभागिता छ । कार्यक्रममा बनेपा नगरपालिका,पाँचखाल नगरपालिका,पनौती नगरपालिका, रोशी गाउँपालिका, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाका प्रमुख उपप्रमुख तथा प्रशासकीय अधिकृतहरू, सन्चाकर्मीहरू, सङ्घ संस्थाका प्रतिनिधि, कर्मचारी र स्थानीय तहका कार्यपालिकाका सदस्यहरूको सहभागिता  छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोग काभ्रेका अध्यक्ष रामकृष्ण हुमागाईँको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञ सदस्य

जेन लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम भोलि बुधवारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस