सोमबार, ११ श्रावन २०७८

दोलालघाटको सिंगो कमिटि नै ओलीकै पक्षमा : देखियो अभूतपूर्व एकता



काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी विभाजनको असर थोरबहुत जताततै देखिंदा काभ्रेको भूम्लुमा भने साविक पुरानो सिंगो कमिटिले नै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर अभूतपूर्व एकता देखाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुम्लु वडा नं. १० को भर्खरै सम्पन्न वडा भेलामा पुरानो सिंगो कमिटि नै उपस्थित भएर वडा कमिटि गठन गरेको छ । भेलामा वडाका सम्पूर्ण नेकपाका नेता कार्यकर्ताले आफूहरु ओलीलाई साथ दिन तयार रहेको भन्दै कोही कतै नलाग्ने बताउनुभयो ।

भेलाले गोपाल तामाङ्ग को संयोजकत्वमा वडा कमिटि गठन गरेको छ । कमिटिको सह–संयोजकमा रमेश माझी , सचीवमा धनध्वोज तामाङ, सह–सचिवमा यज्ञ बहादुर बुढाथोकी सहित ३१ सदस्यीय नेकपा वडा कमिटी गठन गरेको छ । भेलाले राष्ट्रिय युवा संघ नेपाल भुम्लु १० वडा कमिटीको संयोजकमा रमेश लामा र सह–संयोजकमा रविन्द्र बुढाथोकी सहित १९ सदस्यीय युवा संघ वडा कमिटी गठन गरेको छ ।

नेकपाका केन्द्रिय सदस्य रिता ढकाल (धरिना) प्रमुख अतिथ्यतामा सम्पन्न भएको भेलामा नेकपाका नेताहरु इन्द्र तामाङ , प्रेम लामा,नकुल पराजुली, कृष्णमान लामा, टिकाराम लामा, राज कुमार श्रेष्ठ, रमेश लामा, केशरमान लामा, चक्रबहादुर लामा, दावा लामा, सिताराम ढुंगाना, छत्र श्रेष्ठ उद्धव खरेल राम कुमार शाह लगायतको नेताहरुको उपस्थिति थियो ।

सिंगो वडा कमिटिले ओलीको पक्षमा उभिएपछि भूम्लु १०मा माधव प्रचण्डलाई साथ दिने कोही पनि बाँकि नरहेको नेकपाका नेता टिकाराम लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस