सोमबार, ११ श्रावन २०७८

विवकेहिन पुमा समूह : एम्बुलेन्ससमेत छोडेनन्,तरकारी पसलसमेत लुटे



काठमाडौं । ओली पक्षको आमसभा विथोल्ने मनसायका साथ आम हटतालमा उत्रिएको प्रचण्ड–माधव (पुमा) समूहमा विवके हराएको देखिएको छ ।

 

उनीहरुले आजको बन्द असफल हुँदे गएसँगै एम्बुलेन्स समेत तोडफोड गरेर अराजकताको पराकाष्ट देखाएका छन् ।

आज उनीहरुले बन्द सफल गर्ने नाउँमा विरामी बोकेको एम्बुलेन्स तोडफोड गरेका छन् भने सर्वसाधरण मानिसको तरकारी पसल लुटपाट गर्ने, तरकारी नष्ट गर्ने र गरिब मजदुरहरुको टुयाक्सी समेत जलाएर उदण्डता देखाएका छन् ।

पुमा समूहको यस्तो गतिविधिको सामाजिक संजालमा तिव्र विरोध भइरहेको छ । प्रहरीले आफै सडकमा उत्रिएर अराजकता मचाउने पुमा समूहकी नेता अष्टलक्ष्मी शाक्य लगायतका नेता कार्यतर्कालाई नियन्त्रणमा लिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस