बिहिबार, १४ श्रावन २०७८

भीमदत्तका मेयर ओली पक्षमा



महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट केपी ओली नेतृत्वको नेकपामा लाग्नुभएको छ । प्रचण्ड–माधव पक्षसँग नजिक मानिएका विष्टले केही दिनअघि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि कित्ता परिवर्तन गर्नुभएको थिए ।

विष्ट ओली पक्षीय नेकपाको कञ्चनपुर जिल्ला कमिटी सचिव चयन हुनुभएका छ । उहाँलाई शनिवारै महेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सचिव पदको शपथ खुवाउनुभएको छ ।

यसअघि नै माओवादीबाट जिल्ला अध्यक्ष रहनुभएका वीरबहादुर थापा ओली पक्षमा लागिसक्नुभएको छ । रिक्त सचिव पदमा मेयर विष्टलाई चयन गरिएको नेकपा ओली पक्षले जनाएको छ ।

विष्ट तत्कालीन एमालेको राजनीतिमा माधव नेपाल निकट मानिनुहुन्थ्यो । विष्ट जिल्लाका प्रभावशाली नेता मानिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस