बुधबार, ०२ असार २०७८

एक महिलाले एकै पटक जन्माइन् १० सन्तान !



एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन्।

दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका छन्।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको छ। पूरा अवधि नपुगी जन्मिएका बच्चाहरूलाई अहिले अस्पतालमै राखिएको छ।

गत महिना अर्को अफ्रिकी मुलुक मालीकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएकी थिइन्। मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएकी थिईन् ।

 

 

प्रतिक्रिया दिनुहोस