सोमबार, ३१ जेठ २०७८

पाँच वर्षमा पनि बनेनन् दुई पुल



दार्चुला । महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिङ्कर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल निर्माण शुरु भएको पाँच वर्ष भयो । सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षात्मा सडक अवरुद्ध हुँदै आएको छ ।

झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पूल निर्माण पाँच वर्षपछि मात्रै अन्तीम चरणमा पुगेको छ । पुल निर्माणमा भएको ढिलाइले सर्वसाधारणले समेत सास्ती भोग्नुप¥यो । पुल निर्माण नहुने तर पटकपटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताएका छन् । महाकाली– १ का स्थानीयवासी दानीराम लुहारले भन्नुभयो,“अहिले आएर पुल निर्माणले गति लिएको देख्दा पुल बन्छ भन्ने आशा छ ।”

निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो । सो पुल कूल रु दुई करोड ४६ लाखको लागतमा निर्माण गर्ने सम्झौता भएको हो ।

लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । सो पुल कूल रु तीन करोड ५८ लाखको लागतमा निर्माण गर्नुपर्ने हो । दुवै पुलको काम समयमै सकिएन् । पुल नहुँदा वर्षात्को समयमा सो सडक खण्डमा यातायातका साधनसमेत चल्न सक्ने अवस्था रहेन श्रीवगडका स्थानीयवासी दिलीपसिंह कार्कीले भन्नुहुन्छ, “बर्खाको समयमा जहिल्यै सडक अवरुद्ध हुन्छ ।”

एक दशक अघिबाट निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक खण्डमा हालसम्म झण्डै ४३ किलोमिटर सडकको ट्र्याक खुलेको छ । अहिले सो सडक खण्ड ब्यास गाउँपालिकाको केन्द्र सुनसेराभन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ । सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरवाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायी चक्रबहादुर बम बताउनुहुन्छ । “समयमै ध्यान दिएको भए अहिलेसम्म पुल बनिसक्थ्यो”, उहाँले भन्नुभयो, “सबै पक्षबाट लापरवाही भएकै कारण ढिलो गरी पुल निर्माण भइरहेको छ ।”

दुबै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ । अहिले दुवै पुलको निर्माण कार्यले केही गति लिएको छ ।

निर्माण सामग्री समयमै आपूर्ति नहुनु तथा पुल निर्माणको लागि जिम्मेवारी दिएको व्यक्तिले समयमै काम गर्न नसक्नु पुल निर्माणको ढिलाइ भएको बताइएको छ । राजेन्द्र निर्माण सेवाका प्रतिनिधि अर्जुन गुर्दामी यसै आर्थिक वर्षको असारभित्र दुबै पुलमा गाडी गुड्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

अहिले पुलको काम सन्तोषजनक प्रगति छ । निजागाडमा ९५ प्रतिशत र लास्कु खोलामा ६५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

तीन स्थानीय तहमा उखु प्रवद्र्धन गरिने

उखु व्यवसाय पछिल्लो समय कम हुँदै गएको छ । उखु उत्पादनमा कम र माग बढ्दै गएपछि कृषि ज्ञान केन्द्रले जिल्लाका तीनवटा स्थानीय तहमा उखु प्रवद्र्धन गर्ने लागेको हो ।
नगदे बालीअन्तर्गत पर्ने उखु खेती तराईमा व्यवसायिकताका साथ गरिन्छ । पहाडमा त्यसरी गरिँदैन् । पहाडमा अहिले पनि परम्परागत विधिको रुपमा उखु खेती गरिँदै आएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लाको मालिकार्जुन र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा चालू आर्थिक वर्षबाट उखु प्रवद्र्धन गर्न लागिएको केन्द्रका प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिनुभयो ।

यसका लागि केन्द्रले आर्थिक वर्षको लागि झण्डै रु ८ लाख बजेट विनियोजन गरिएको जनाएको छ । उहाँले भन्नुभयो, “दार्चुलेली गुडलाई सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पु¥याउने उद्देश्यले आर्थिक वर्षबाट उखु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिन लागेको हो । ”

जिल्लामा उखुबाट उत्पादन हुने गुड प्रतिकिलो रु एक सयदेखि १५० सम्म सजिलै बिक्री हुने गर्दछ । गुड खासगरी चैत महिनामा बढी खपत हुने गरेको छ । परम्परागत रुपमा उखु पेलाइहुँदै आएको ज्ञान केन्द्रले विद्युतीय मेसिन खरीद गर्ने तथा अन्य उपकरण खरीद गर्नका लागि रकम विनियोजन समेत गरेको छ । जिल्लामा हालसम्म पनि आगोमा पकाएर तयार पारिएको गुड विद्युत्तीय भट्टिमा पकाएर तयार पारिएको गुड भन्दा स्वादिष्ट हुने गरेको छ ।

पहाडको गाउँमा चिनीको प्रयोग बढेको तथा युवामा विदेश मोह पलाएको कारण विगतको तुलनामा अहिले उखु खेतीप्रतिको लगाव घट्दै गएको उखु किसानले बताएका छन् ।
परम्परागत विधिबाट तयार पारिएको गुड स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । अहिले दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा उखु पेलेर गुड निकाल्ने काम शुरु भएको छ । गुड बनाउन मेहनत बढी लाग्ने गरेका कारण पनि महँगो हुँदै गएको मालिकार्जुनका स्थानीयवासी धनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेहनत अनुसार अझै मूल्य आउँदैन् । बढी मेहनत छ तर लगानी कम असुली हुने गर्छ । समय निकै लाग्छ ।” श्रमअनुसार गुड बिक्रीबाट आम्दानी नहुने गरेको कारण किसानले आफूलाई खानलाई मात्र उखुखेती गर्ने र गुड बनाउने गरेका छन् । यहाँ उत्पादन हुने गुड गर्मी मौसममा खानलाई राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस