सोमबार, १३ मंसिर २०७८

‘स्वच्छ बुल्दी अभियान’ सुरु



दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दी खोलालाई स्वच्छ राख्न ‘स्वच्छ बुल्दी अभियान’ सुरुआत भएको छ । व्यास नगरपालिका क्षेत्रमा रहेको बुल्दी खोलालाई सफा र स्वच्छ राख्न रोट¥याक्ट क्लब अफ दमौली र रोटरी क्लब दमौलीले सो अभियान सुरु गरेका हुन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले उक्त अभियान सुरु गरेको क्लबका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिनुभयो । संविधान दिवसको अवसर पारेर क्लबले आइतबारदेखि उक्त अभियान शुभारम्भ गरेको हो । “संविधान जारी भएर हरेक नागरिकको हकअधिकार प्राप्त भए पनि सबैले आफ्नो कर्तव्य र दायित्वलाई आत्मसात् गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आफ्नो सहर र प्राकृतिक स्रोतको संरक्षण गर्न एउटा अभियान थालेका हौँ ।” उहाँका अनुसार प्रत्येक महिनाको दुई शनिबार बुल्दी सफाइ अभियान सञ्चालन गरिनेछ । यसका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरिने उहाँले जानकारी दिनुभयो ।

रोटरी क्लब दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले वातावरण संरक्षणका लागि रोटरी इन्टरनेशनलको मूल नारा रहेकाले यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ । क्लबले बुल्दी सफाइ अभियानसँगै बुल्दीको इतिहास र यसको सम्पदा रक्षाका लागि पनि आवाज उठाउने बताएको छ । अभियान शुभारम्भको अवसरमा व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण ९इ० का सेनाले सहयोग पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस