सोमबार, ०१ कार्तिक २०७८

बुटवलमा कर्फ्यु आदेश जारी



बुटवल- रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा तनावग्रस्त स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । जसमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा केही घाइते पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस