बुधबार, ०२ असार २०७८

खेलकुद

महिला भलिबलको प्रशिक्षण आजदेखि

काठमाडौँ । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो