सोमबार, ०१ कार्तिक २०७८

जयकिशनको छोरीमाथि सिभिल अस्पतालकी नर्सले गरिन् दुव्र्यवहार ! (भिडियोसहित)



 

काठमाडौँ । नेपाली अभिनेता जयकिशन बस्नेतले सिभिल अस्पतालकी नर्सले आफ्नी छोरीमाथि दुव्र्यवहार गरेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सिभिल अस्पतालमा कार्यरत नर्सले आफनो छोरीमाथि दुव्र्यवहार गरेको जनाएका हुन् ।

अभिनेताले सार्वजनिक गरेको उक्त भिडियोमा उनकी छोरी जान्हवी बस्नेतले नर्सले नजानेर धेरैपटक रगत तानेको र आफुलाई चिमोटेको कुरा रुँदै बताइरहेको देखिन्छिन् । अभिनेताले भिडियो सार्वजनिक गरेपछ यसबारे विभिन्न धारणहरु बनिरहेका छन् । तर अस्पताल प्रशासनबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यस किसिमको दुव्र्यवहार आफुहरुले पनि भोगेको भन्दै प्रतिक्रिया जनाएका छन् । कतिपयले चाँही नेपालमा स्वास्थ्यकर्मिहरुलाई मिल्ने अपर्याप्त सुविधा नै यसको कारण रहेको जनाएका छन् ।

यस्तो छ उनले सार्वजनिक गरेको भिडियो

प्रतिक्रिया दिनुहोस