सोमबार, ३१ जेठ २०७८

आज थप ५ हजार २८५ कोरोना संक्रमण पुष्टि, ६८ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप ५ हजार २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमित निको भएका छन् । हालसम्म ४ लाख ५४ हजार ३४४ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।

आज थप ६८ को कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस