सोमबार, ३१ जेठ २०७८

आज थप ४ हजार ५२४ कोरोना संक्रमण पुष्टि, १०१ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमित निको भएका छन् । हालसम्म ४ लाख ६१ हजार ५६३ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप १०१ को कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस